• Monday, June 16, 2025

एक हजार ५७७ संक्रमित थपिए, दुई हजार ३३७ कोरोनामुक्त, २५ को मृत्यु

काठमाडौं, भदौ ११ गते । मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५६ हजार ४९२ पुगेको छ । हालसम्म ३८ लाख ७७ हजार ४६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

यसैगरी गएको चौबीस घण्टामा चार हजार ३६५ जनामा गरिएको एन्टीजेन परीक्षमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ३७ हजार ५९९ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा दुई हजार ३३७ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख आठ हजार २३० जना निको भएका छन् ।

गएको चौबीस घण्टामा २५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म दश हजार ६६३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter