• Friday, June 13, 2025

एक हजार ५१६ सङ्क्रमित थपिए, दुई हजार २२२ निकाे, २७ को मृत्यु

काठमाडौं, भदौ १२ गते । पछिल्लो २४ घण्टामा एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ४०९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै तीन हजार ७६७ जनामा गरिएको एन्टीजेन परीक्षमा ३४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५८ हजार ८ पुगेको छ । हालसम्म ३८ लाख ८६ हजार ८७८ नमुनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ३६ हजार ८६६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा दुई हजार २२२ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १० हजार ४५० जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ६९० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter