नेपालको पर्यटन प्रवर्धनका लागि मलेसियासँग सहकार्य



काठमाडौँ, भदौ १२ गते । नेपालले मध्यपूर्वी एशियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्धनका लागि सहकार्य गर्ने भएको छ ।

दुई देशबीच पर्यटन प्रवर्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो ।

मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका सिइओ रेग्मीले कोभिड–१९ महामारीले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले नेपालका विभिन्न क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न भएकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताउनुभयो ।

उहाँले मलेसियमामा नेपालको प्रवर्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेसियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमबीच सहकार्य गर्न सकिने पनि बताउनुभयो ।

भेटका क्रममा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सञ्चालन गर्न सकिने विषयमा आफूहरुले पनि छलफल गरिरहेको बताउनुभयो । उहाँले मलेसिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफूले प्रसास गर्ने धारणा राख्नुभयो ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेसियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताउनुभयो ।

बोर्डले कोभिडकैबीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदूतसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलङ्का राजदूतसँग छलफल गरेको थियो । रासस



Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter