सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउनुपर्छ : मन्त्री कार्की

काठमाडौँ, भदौ १४ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताउनुभएको छ । बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ”, मन्त्री कार्कीले भन्नुभयो, “यो समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।”

उहाँले आयोगको समय थप गरिएको र आयोगलाई आवश्यक पर्ने स्रोत साधनका लागि पनि सरकारले सहयोग गर्ने बताउनुभयो । सांसद रामनारायण बिडारीले व्यक्ति बेपत्ता पार्ने कार्य मानवता विरुद्धको अपराध भएको हुनाले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिने काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।

सहभागीले आफ्नो बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक गर्नुपर्ने, आयोगले जतिसक्दो छिटो न्यायको प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने माग गरेका थिए । दिवसका अवसर पारेर आयोगले प्रत्येक वर्ष पीडित र सरोकारवाला पक्षलाई बोलाएर कार्यक्रम गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter