• Tuesday, April 15, 2025

एक हजार ६४८ जनामा सङ्क्रमण, तीन हजार ३० निकाे, २० को मृत्यु

काठमाडौं, भदौ १६ गते । पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ३२३ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७७० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter