पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज



राँझा, भदौ २६ गते । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ ।

निकुञ्जले पर्यटन प्रवर्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउनुहुन्छ । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ । “कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७७÷७८ सम्म आठ सय ९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये आठ सय ६५ आन्तरिक पर्यटक छन् । बीस जना सार्क मुलुकका तथा १४ पर्यटक अन्य मुलुकका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल उक्त सङ्ख्या बढेर २१ पुगेको छ । सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन् । हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ ।

सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको उहाँको भनाइ छ । रासस



Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter