• Wednesday, April 16, 2025

सातहजार प्रहरी परिचालन, आधुनिक उपकरणको प्रयोग

काठमाडौँ, असोज ९ गते । यसवर्षको वडादशंै, दीपावली तथा छठपर्व लगायत स्थानीय चाडवाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको अधिकतम् प्रयोग गरिने भएको छ ।

उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिम प्राप्त प्रहरी कुकुर, सिसिक्यामेरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडरगन लगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले बताउनुभयो ।

चाडपर्वमा १५ वटा सुरक्षा चुनौती

महानगरीय प्रहरीले पकेटमारी, चोरी, डकैति, डाँका, हतियार देखाइ लुटपाट, विभिन्न प्रलोभनमा ठगी, चन्दा असुली, समूहगत कुटपिट, उच्छृङ्खल र अस्वभाविक गतिविधि, जुवातास, कौडा, लङ्गुरबुर्जा, दैनिक उपभोग्य बस्तुको कालोबजारी, महँगी लगायत १५ विषयलाई सम्भावित चुनौतीको रुपमा राखेको छ ।

यी चुनातीहरुको नियन्त्रण तथा व्यवस्थापनका लागि उपत्यका प्रवेश नाका तथा मुख्य वजारक्षेत्रमा कुकुर सहितको सुरक्षाव्यवस्था र वजारक्षेत्र तथा ब्यापारिक केन्द्र, सुपरमार्केट, बैक तथा वित्तीय संस्थाहरुमा सिसिक्यामेराबाट निगरानी बढाइने जानकारी प्रमुख पालले दिनुभयो ।

त्यस्तैं, मदिरा सेवन (मापसे) सँगै तीब्र गतिमा सवारी चलाउने, आफूखुशी भाडा अशुल्ने, लामोदुरीका सवारीमा दुईजना चालकको व्यवस्था नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधन भित्र महिला, बृद्धा तथा बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न हतियार सहितको जनशक्ति परिचालन गरिएको छ ।

सातहजार पाँचसय सुरक्षाकर्मी परिचालन

महानगरीय प्रहरी प्रमुख एव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी ) पालले भन्नुभयो–‘अपराधमुक्त शान्त र सुरक्षित चाडपर्व–२०७८ बनाउन’ सुरक्षाकर्मीदेखि नागरिक अधिकारकर्मीसम्म र सुरक्षा पोलिसीदेखि प्रविधिसम्मको प्रयोगमा जोड दिएका छौं ।

यसका लागि उपत्यकाको विभिन्न स्थानमा जडित करीव २५ सय वटा सिसिक्यामेराबाट २४सै घण्टा प्रत्यक्ष निगरानी बढाइएको छ । प्रहरीको मोवाइल गस्ती, पैदल गस्ती, क्यूआरटी (क्वीक रेस्पन्स), कडन एण्ड सर्च, एम्बुसिङ, सिआरभी परिचालन, नियमित चेक प्वाईन्ट डिउटी जस्ता सुरक्षा कार्यक्रमहरु बढाएको जानकारी पनि उहाँले दिनुभयो ।

सो कार्यका लागि जनपद प्रहरी पाँचहजार नौसय ८६, ट्राफिक प्रहरी एकहजार चारसय एक, सादा पोशाकमा एकसय ७० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने छन् । एआइजी पालले चाडवाड सुरक्षाका लागि सातहजार पाँचसय ५७ जना प्रहरी खटिइएको बताउनुभयो ।

पेशागत आचारण विपरित काम गर्नेलाई कारवाही

त्यस्तैं, एआइजी पालले पेशागत आचारण विपरितका गतिविधि सञ्चालन गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको चेतवानी दिनुभएको छ ।

‘प्रहरी इमान्दार नबन्दासुरक्षा चुनौती नियन्त्रण गर्न कठिन हुने जनाउदै उहाँले चाडपर्वका वेला उपहार शुभकामना लिने– दिने बहानामा कसैसँग हात थाप्ने काम नगर्न र नगराउन निर्देशन दिनुभयो ।

‘दशै– तिहार लगायत चाडपर्वको नाममा कोही कसैले विभिन्न किसिमको लोभ देखाउलान’ उहाँले भन्नुभयो– यस्तो बेला प्रहरी जवानदेखि कमाण्डर (इन्चार्ज) सम्म सतर्क र सचेत रहनु होला । आर्थिक प्रलोभनमा पर्ने प्रहरीलाई निलम्वनको चेतावनी दिनुभएको छ ।

त्रुटिरहित सुरक्षा व्यवस्था

काठमाडौँ, ललितपुर र भक्तपुरको शान्तिसुरक्षा व्यवस्था मुलुककै लागि नमूना बन्ने भएकाले त्रुटिरहित भरपर्दो र विश्वसनिय सुरक्षाव्यवस्था मिलाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नागढुङ्गा नाकाहरुमा कुकुर सहितका सुरक्षाकर्मी खटाइने भएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम, यातायातका साधनमा लैङ्गीन हिंसा विरुद्ध सेफ्टी पीन, ट्राफिक चेकिङ, यात्रु सहायता कक्ष, नागरिक सहयोग कक्ष, जिल्ला प्रशासन कार्यालयहरु, अधिकारकर्मी, उपभोक्ताहरुसँग सहकार्य भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।

काठमाडौँका विभिन्न स्थानमा सुरक्षा जनचेतना सम्बन्धी माइकिङ् गर्ने र पर्चा पम्पलेट तयार पारी वितरण गर्ने तयारी भइरहेको छ । घर, कोठा तथा कार्यालयबाट निस्कँदा वा सवारी साधन प्रयोग गर्दा झोलादेखि खल्तीसम्म सुरक्षित राख्न प्रहरीले अनुरोध गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter