• Wednesday, April 16, 2025

७९० जना सङ्क्रमित थपिए एक हजार ३७१ निको, ६ को मृत्यु

काठमाडौं, असोज ९ गते । पछिल्लो २४ घण्टामा नेपालमा ७९० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७९० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । साथै पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित १९ हजार ७०० जना छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter