अनअराइभल भिसा खुकुलोसँगै पर्यटन क्षेत्र उत्साहित, बुकिङ सुरु

काठमाडौं, असोज १० गते । सरकारले विदेशी पर्यटकलाई दिदै आएको अनअराइभल भिषा पुनः दिने निर्णय गरेपछि पदयात्री पर्यटकको आगमन बड्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । विदेशी पर्यटकले नेपाललाई पदयात्राका लागि उत्कृष्ट गन्तव्य मान्ने भएकाले भिषामा सहज भएकाले बुकिङ गर्न शुरु गरेको ट्रेकङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिनुभयो ।

पदयात्रामा आउने पर्यटकहरु यस अघि सरकारले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेपछि असोज, कात्तिक महिनामा आउने पर्यटकले ९० प्रतिशत बढी पर्यटकले बुकिङ रद्द गराएको सूवेदीले बताउनुभयो । छोटो समयका लागि पदयात्रामा आउनेहरु क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र भिषा प्रक्रिया झन्झटिलो भएकाले बुकिङ रद्द गराएको उहाँको भनाइ छ ।

सरकारको निर्णयपछि करिव एक हजार आठ सय ट्रेकिङ कम्पनीहरुमा बुकिङका लागि अफर आउन थालेको टानले जनाएको छ । यता पर्वतारोहणमा भने लामोसमय लाग्ने र खर्चिलो हुने भएकाले पर्यटकले समेत योजनाबद्ध रुपमा आउने भएकाले कमै मात्रामा बुकिङ रद्द भएको र पदयात्री पर्यटकहरु धेरैले बुकिङलाई पछाडि सारेको व्यवसायी लोप्साङ शेर्पाले बताउनुभयो । केही पर्यटकले भने बुकिङको समय मात्र पछि सारेका थिए केही दिन अघि सरकारले गरेको निर्णयले पछि नेदरल्याण्डका चार वटा समूहले यसै महिना आउने गरी बुकिङ गरेको उहाँले बताउनुभयो । नेपालको प्राकृतिक सुन्दरता र सस्तो हुने भएकाले विदेशी पर्यटकको पहिलो रोजाइमै पर्ने गरेछ, सरकारले सहज वातावरण बनाए एक वर्ष भित्रै पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन सक्ने उहाँले बताउनुभयो ।

सगरमाथा आधारशिविर, अन्नपूर्ण सर्किट र अन्य हिमालका आधारशिविर क्षेत्रसम्म पदयात्रा गर्ने र काठमाडौं, पोखरा लगायतका शहरहरुमा भ्रमण गर्ने खालका बढी पर्यटकहरु बुकिङ शुरु गरेको समेत उहाँको भनाई छ ।

नेपाल प्रवेशमा खोप लगाएको १४ दिन काट्नैपर्ने

सरकारले नेपाल प्रवेश गर्नेका लागि खोपको मात्रा पूरा गरेको १४ दिन पुगेको हुनुपर्ने नयाँ मापदण्ड तय गरेको छ । विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश २०७८ खारेज गरी विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्वन्धी आदेश २०७८ जारी गरी नयाँ मापदण्ड लागु गरेको छ ।

यस अघि १० दिन अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्थालाई हटाएर सरकारले पूर्ण मात्र खोप लगाएका जुनसुकै मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्दा अनअराइभल भिषा दिने व्यवस्था गरेको अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले जानकारी दिनुभयो । खोपको मात्रा पूरा गरेको १४ दिन कटेको हुनुपर्ने, हवाइ उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टा अगाडिको कोभिड–१९ रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने, पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सो कागजातको प्रतिलिपि र होटल बुकिङको प्रमाण पेश गर्नुपर्ने व्यवस्था भएको उहाँले बताउनुभयो । नेपाल प्रवेश गर्नेहरुका लागि एन्टिजेन परीक्षण अनिवार्य रहेको समेत विभागले जनाएको छ ।

खोपको मात्रा पूरा नगरेको नागरिकको हकमा सम्वन्धित देशमा तोकिएको नेपाली दूतावासबाट भिषा लिएपछि मात्र प्रवेश दिइने विभागले जनाएको छ । यता तेस्रो मुलुकका नागरिकका लागि भने खोप लगाएको १४ दिन काटेसँगै उडान भन्दा ४८ घण्टा अघि नेपाल सरकारले मान्यता दिएको प्रयोगशालाबाट कोभिड–१९ नेगेटिभ रिपोर्ट प्रमाण बुझाउनुपर्ने मापदण्ड तय गरेको छ ।

कोभिड–१९ पोजेटिभ देखिएमा होटल क्वारेन्टिन र आइसोलेसन बस्नुपर्ने र मापदण्ड पालनाका लागि सम्बन्धित होटलले नै गर्नुपर्ने समेत कडाइ गरेको छ । स्वास्थ्य सम्बन्धी जाँचबुझका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विमानस्थलमै ४२ जना कर्मचारी परिचालन गरेको मन्त्रालयले जनाएको छ । सरकारले दिएको आदेश पालना नगरे सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाही हुने उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter