• Tuesday, April 22, 2025

थप ५७४ जना सङ्क्रमित, एक हजार ४०५ जना निकाे, सातको मृत्यु

काठमाडौं, असोज १७ गते । पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुई हजार ६७९ वटा एन्टीजेन परीक्षण गर्दा १०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४०५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १६४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १६ हजार ८०४ जना छन् ।

पछिल्लो २४ घण्टामा २६ हजार ४१९ जनाले काेराेना भाइरसविरूद्धकाे खाेप लगाएका छन्

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter