राजनीतिसँगै २९० रोपनी बाँझो जमिनमा मेवा खेती

अमरराज नहर्की / तनहुँ, असोज १७ गते । तनहुँको एक युवकले राजनीतिसँगसगै व्यावसायिक कृषि पेशा अँगाल्नुभएको छ । व्यासनगरपालिका–१३ बेलबास निवासी वसन्त आलेले सोही ठाउँ नजिकै पोखरी भञ्ज्याङमा व्यवसायिक रुपमा मेवाखेती शुरु गर्नुभएको हो । मेवाखेतीको लागि आलेले जग्गा भाडामा लिनुभएको छ । नेपाल विद्यार्थी सङ्घको केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष भएर नेतृत्व लिई सक्नु भएका आलेले ताइवन रेडलेडी ७८६ जातको मेवाको खेती गर्नुभएको छ ।

फल राम्रो लाग्ने र बिक्रीको लागि पन्ध्र्र दिनसम्म टिकाउ हुने भएकोले सो जातको मेवाखेती गरिएको आले बताउनुहुन्छ । स्थानीय जातको मेवा दुई÷तीन दिन पनि टिकाउ नहुने र कुहिने भएकोले नयाँ जातको मेवाको बिरुवा लगाएको आलेको भनाइ छ ।

पहिलो पटक अनुभव लिँदैछु, कस्तो फल दिन्छ हेर्न बाँकी छ, राम्रो भएमा खेती विस्तार गर्दै लैंजान्छु’’ आलेले भन्नुभयो । दुई सय ९० रोपनी क्षेत्रफलको बाँझो जमिनलाई भाडामा लिएर दुई हजार बिरुवा हुर्काइसकेको र थप पाँच हजार बिरुवा लगाउने काम भइरहेको कृषक आलेले जानकारी दिनुभयो ।

छ महिना अघि लगाइएको बिरुवा फल लागेर छिप्पिदैै गएकोले एक वर्षमै आम्दानी लिन सकिने विश्वास लागेको आले बताउनुहुन्छ । हाल भारतमा उत्पादन भएको मेवाले ९९ प्रतिशत बजार लइरहेकोले आलेले उत्पादन गरेपछि आयात घटाउन मद्धत पुग्ने विश्वास लिईएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । ‘‘नेपालको हावापानी राम्रो भएकोले स्वादिलो हुनुको साथै जमिन बाँझो रहेर खेर गइरहेकोले स्वदेशी उत्पादन बढाउन मेवा खेती नै रोज्नु उपयुक्त देखिएको छ’’ केन्द्र प्रमुख तिवारीले भन्नुभयो । कृषक आलेको मेवाखेतीको स्थलगत रुपमै अध्ययन गरेर प्राविधिक ज्ञान समेत प्रदान गरिएको तिवारीले जानकारी दिनुभयो । ‘‘ठूलो जोश र जाँगरका साथ आलेले खेती शुरुवात गरेको देखियो, उदाहरणीय बनि जमिन बाँझो राख्न हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ’’ तिवारीले भन्नुभयो ।

प्रतिरोपनी वार्षिक रुपमा एक हजार भाडा दिने गरी जमिन भाडामा लिएको उहाँले जानकारी दिनुभयो । १० वर्षसम्मको लागि जग्गा भाडामा लिइएको र सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गर्ने योजना बनाएको आलेले बताउनुभयो । एउटा बीउको रु.२८ परेको आले बताउनुहुन्छ । ताइवनबाट दश ग्राम प्याकेटको रु.नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको कृषक आले बताउनुहुन्छ । आले वि.स.०५१ सालमा दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियू सभापति हुँदै ०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरिसक्नुभएको छ । राजनीति र कृषिकर्मलाई सँगसगै लैजाने आले बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter