• Tuesday, April 22, 2025

कोरोनाका ८१२ जना थप विरामी, एक हजार जना निकाे, दशकाे मृत्यु

काठमाडौं, असोज १८ गते । पछिल्लो २४ घण्टामा ८१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ८९३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, चार हजार ९८१ वटा एन्टीजेन परीक्षण गर्दा २१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १७४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १६ हजार ६०६ जना छन् । पछिल्लो २४ घण्टामा १२ लाख ५४८ ले काेराेना विरूद्धकाे खाेप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter