समय अगावै सयपत्री फुल्दा फूल किसान मर्कामा

अमरराज नहर्की / तनहुँ, कात्तिक ७ गते । समयभन्दा अघि सयपत्री फूल फक्रिएपछि तनहुँका कृषकहरु मर्कामा परेका छन् । तिहारका लागि लक्षित गर्दै लगाइएको फूल दशैँदेखि नै फक्रिन थालेपछि हाल फूल ओइलाउन थालेका छन् । तिहारमा विक्री गर्न लगाइएका फूल तिहारअघि नै ओइलाउन थालेपछि कृषक चिन्तित बनेका छन् ।

आवश्यकताभन्दा बढी बर्षा र चिसो हुनुपर्ने मौसममा गर्मी कायमै रहेपछि फूल फक्रिएको कृषकले जानकारी गराएका छन् । व्यfवसायिक रुपमा फूलखेती गर्दै आउनुभएका भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारीले तिहारमा फुल्नुपर्ने फूल दशैँअघि फूलेपछि समस्या भएको बताउनुभयो ।

गतवर्ष परीक्षणका लागि थोरै जमिनमा सयपत्री फूल लगाए पनि अपेक्षाभन्दा राम्रो आम्दानी भएपछि यसवर्ष झण्डै पाँच रोपनी क्षेत्रफलमा कृषक अधिकारीले फूलखेती गरेको बताउनुभयो । खेतमा ढकमक्क फूल फुले पनि तिहारअघि ओइलाउन लाग्दा चिन्तामा पर्नुभएको हो ।

सयपत्री फूल विक्रीबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला बर्षमा कृषकहरु आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा फूलखेती गर्नेहरुका लागि कुनै राहतका कार्यक्रम नभएको जनाएको छ । जिल्लामा व्यावसायिक फूलखेती गर्नेहरुको तथ्याङ्क नै नहुँदा फूलखेती गर्ने किसानलाई लाभान्वित गर्ने कार्यक्रमहरु नभएको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमार्फत किसानको मागअनुसार कार्यक्रम तय हुने भएकाले फुल खेतीतर्फ योजनाको माग नभएको उहाँले बताउनुभयो । सानो मात्रामा फूलखेती गरेर बजार खोज्नेहरु सम्पर्कमा आउने गरेको जानकारी दिदै सिलवालले समस्या लिएर भने ज्ञान केन्द्रमा अहिलेसम्म कोही नआएको बताउनुभयो ।

कोरोना भाइरसको असरले मेला महोत्सव तथा अन्य कार्यक्रमहरु नहुँदा फक्रिएका फूल विक्री गर्न समस्या भएको कृषकहरुको भनाइ छ । ‘‘कोरोनाको असर नभएको भए चाँडै फुले पनि सभा, सम्मेलनमा फूल खपत हुनेगर्थ्याे ।

कतिपयले रहरले खेति गर्ने र ज्ञानको अभावले गर्दा कृषकहरुलाई मर्का परेको फ्लोरिकल्चर एशोसियशन नेपालले जनाएको छ । एशोसियशनका अध्यक्ष मिनबहादुर तामाङले फूल खेती गर्ने किसानलाई एशोसियशनसँग सल्लाह लिएर मात्र खेती गर्न उपयुक्त हुने बताउनुभयो ।

एसोसियसनकाअनुसार देशभर ४३ जिल्लाका ७ सय बढी किसानले फुल खेतीलाई व्यवसायिक रुपमा अघि बढाएका छन् । करिव ३ अर्व रुपियाँको फुलको बार्षिक कारोबार हुनेगरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नेपाली बजारको मागलाई ८५ प्रतिशत स्वदेशी उत्पादनले धान्नेगरेको उहाँको भनाई छ । हरेक बर्ष तिहारमा तीन दिन १० देखि ११ करोड बराबरको सयपत्रीको कारोबार हुनेगरेको एशोसियसनले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter