धानबाली क्षति अध्ययन गर्न कार्यदल गठन, तीन दिनकाे समय

काठमाडौं, कात्तिक ८ गते । बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

सोमबार बसेको मनित्रपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान् प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । कार्यदलले तीन दिनभित्र सरकारलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

वायुसेवा निगमकाे अध्यक्षमा युवराजअधिकारी नियुक्त

मंगलबारको मन्त्रिपरिषद्को बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यसैगरी, नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेल नियुक्त गरिएको पनि उहाँले बताउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter