पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात

विष्णुप्रसाद पोखरेल / दमक, कार्तिक ९ गते । झापाको गौरादहमा नेपालमा नै पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात भएको छ । देशभरका कृषि पर्यटकहरुलाई लक्षित गरेर गौरादहको महारानीझोडामा महिलाहरुमात्र सदस्य रहेको महारानीझोडा साना किसान सहकारी सस्थाद्धारा प्रवद्र्धन गरिएको ‘नमुना एकीकृत सहकारी खेती’को परिसरभित्र आधु्निक होमस्टे शुरु भएको हो ।

सोमबार पूर्व प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीले औपचारिक रुपमा यसको उद्घाटन गर्दै देशमा नै पहिलो पटक यस प्रकारको कृषि होमस्टे यहाँ बनेको बताउदै यो निरन्तर सञ्चालनका लागि शुभकामना दिनुभयो । उहाँले यो यस क्षेत्रको मात्र नभएर देशको नै गौरव भन्न लायक रहेको पनि बताउनुभयो ।

स्थानीय किसानको जमिन एकीकृत गरी चक्लाबन्दी गरेर एकै स्थानमा कृषिका विभिन्न खेती सञ्चालन गर्दै किसानलाई रोजगारी र गुणस्तरीय उत्पादनमा नुमना मानिएको यसलाई सरकारले नेपालको पहिलो कृषि पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । ३ वर्ष अघि सरकारले घोषणा गरेको देशभरका एक सय पर्यटकीय केन्द्रहरुमध्ये यो पनि एक हो ।

नमुना सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाँईका अनुसार एकिकृत रुपमा ‘कृषि होमस्टे’, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाइएको छ । एक करोड २० लाखको लागतमा होमस्टे बनेको हो । पर्यटनलाई लक्षित गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसका लागि आर्थिक सहयोग गरेको पनि उहाँको भनाइ छ ।

१२ कठ्ठा जमिनमा सुविधासम्पन्न भवनमा आरामदायी कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष होमस्टे छ । उहाँ एकैसाथ सहज रुपमा ५० भन्दा बढी पाहुनाहरुलाई राख्न् सकिने जनाइएको छ । कृषि सम्बन्धि आवसीय तालिम तथा छलफल गर्न सहज हुने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताउनुभयो ।

ढकालका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र आकर्षक चौतारी बनाइएको ढकालले जानकारी दिनु भयो । यसका लागि उक्त मन्त्रालयले ७० लाख रुपियाँ उपलब्ध गराएको उहाँको भनाइ छ ।

महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड १३० बिगाह क्षेत्रफलमा सामुहिक खेती गर्दै आएको छ । धान, गहुँ, मकैको बिउ उत्पादन पनि सहकारीले यहिबाट गर्ने गरेको छ । बीज प्रशोधन केन्द्र, अग्र्यानिक मल उत्पादन, मकैको हाइब्रिड बीउको उत्पादन तथा अनुसन्धान, दूध सङ्कलन केन्द्र, पशु बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसमा दुई हजार सदस्य सबै महिला छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter