• Saturday, April 12, 2025

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

काठमाडौं, कात्तिक ९ गते । । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।

गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा मंगलबारबाट प्रतियोगिता सुरु भएको हो ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।

प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्नेछन् ।

यता पुरुषको ४५ वर्षमाथि एकलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश ३० हजार, १५ हजार र ५ हजार पुरस्कार जित्नेछन् भने युगलतर्फ २० हजार, १० हजार र ५ हजार पुरस्कार राशी रहेको छ ।

पुरुषको ५५ वर्षमाथि एकलतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् भने युगलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश १५ हजार, १० हजार र ७ हजार ५ सय जित्नेछन् ।

पुरुषको ६५ वर्षमाथि एकलतर्फका विजेताले १५ हजार, दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार जित्नेछन् ।

जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु–८, यु–९, यु–१०, यु–१२ तथा यु–१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ ।

जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिता आउँदो कार्तिक १६ गतेसम्म चल्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter