किसानलाई ६५ प्रतिशतसम्म राहत दिइने; भारत, अमेरिका र बेलायमा राजदूत सिफारिस

काठमाडौं, कात्तिक ११ गते । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।

भारत, अमेरिका र बेलायमा राजदूतकाे नाम सिफारिस

काठमाडौं, कात्तिक ११ गते । सरकारले भारत, अमेरिका र बेलायमा राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशमा राजदूत सिफारिस गरेकाे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे ।

गृहमन्त्री खाणका अनुसार भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस भएको जानकारी दिनुभयो । यसैगरी बैठकले प्राकृति विपत् बाढीपहिरोमा परि मृत्यु भएका र बेपत्ता नागरिकका परिवारलाई दुई लाख दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जानुहुने

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेनापति शर्मालाई भारत भ्रमणमा जान स्वीकृत दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न प्रधानसेनापति शर्मा यही कात्तिक २३ गते भारत जाने कार्यक्रम रहेको छ । उहाँ कात्तिक २६ गते स्वदेश फर्किनु हुनेछ ।

साथै बैठकले उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter