• Saturday, April 12, 2025

‘क्यालिब्रेसन’ उडानका लागि एरपोर्ट एथोरिटी अफ इण्डिया सहमत

छेटु शेर्पा , काठमाडौं, कात्तिक १२ गते । निर्माणको अन्तिमा चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न भारतीय र थाइ कम्पनीले इच्छा देखाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरुमा एरो थाइ कम्पनीलाई क्यालिब्रेसन उडानका लागि आग्रह गरेको र सुरुमा सो कम्पनीले इच्छा नदेखाएपछि भारतसँग अनुरोध गरिएको र भारतको
एरपोर्ट एथोरिटी अफ इण्डियाले क्यालिब्रेसन उडान गर्ने सहमति व्याक्त गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

नयाँ विमानस्थलमा प्राविधिक हिसावले ठीक हो, होइन भनी प्रमाणित गर्नका जरूरी डाटा सङ्कलनका लागि क्यालिब्रेसन उडान गर्नु अनिवार्य छ । त्यसपछि मात्र परीक्षण उडान हुनेगर्र्छ ।

यस अघि एरो थाइ कम्पनीले क्यालिब्रेसन उडान नगर्ने भनेपछि प्राधिकरणले भारतीय कम्पनीलाई उडान गरिदिन पत्राचार गरेको उहाँले बताउनुभयो । भारतले उडान गर्ने भनी पत्रचार गरेसँगै एरो थाई कम्पनीले पनि उडान गर्ने भनी पत्र पठाएको उहाँले बताउनभुयो । दुवै देशले उडान गर्ने भनेपछि हामीले निर्णय लिनुपर्ने भएकाले ढिलाइ भएको हो प्राधिकरणले आजभोलिमै निर्णय गरी उडानका लागि सम्झौता गर्ने क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणले भने यसअघि नै उडान गर्न असमर्थ जनाएकाले एरो थाई कम्पनीसँग सम्झौता गर्ने पक्षमा देखिएको छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन अवधि निर्धारित समयभन्दा ढिलाइ भएकाले तत्कालै काम अघि बढाउन प्राधिकरण लागिपरेको महानिर्देशक क्षेत्रीले जानकारी दिनुभयो । क्यालिब्रेसन उडानपछि तत्कालै परीक्षण उडान सम्पन्न गरी थप नियमित उडानको तालिका सार्वजनिक गर्ने तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

विमास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहमति आर्थिक वर्ष २०७२÷०७३ मा शुरु भएको थियो । करिब ३१ अर्ब लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ भाइरस महामारीले निर्माणमा ढिलाइ भएको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ दुई वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी २९ वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएका छन् । यता यती, श्री र बुद्ध एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाइसकेका छन् । हाल नेपालमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् भने यती, श्री, बुद्ध, सौर्य, तारा, समिट, सीता, मकालु, गुण एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन्

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter