प्रम देउवाद्वारा लण्डनमा नेपाली तथा विदेशी प्रतिनिधिसँग भेट

करुण अर्याल / लण्डन,कात्तिक १३ गते । संयुक्त अधिराज्य(बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन शुक्रवार साँझ लण्डन आइपुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार विभिन्न भेटघाटमा व्यस्त हुनु भएको छ ।

लण्डनस्थित राजदूतावासमा बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड शेख र लर्ड स्वराज पलले प्रधानमन्त्री देउवाले शनिबार शिष्टाचार भेट गर्नुभएको छ । उहाँ दुवैजना नेपाल–बेलायत सम्बन्ध सुधार गर्न र नेपालप्रतिको स्नेह सदभाव र मित्रताका लागि जानकार हुनुहुन्छ । दशकाँैदेखि उहाँहरुको नेपालप्रति अत्यन्त सदभाव र मित्रता रहको छ ।

उहाँहरुले बेलायती संसदमा नेपालका विषयमा दशकौँदेखि कुरा राख्दै आउनु भएको छ । कोभिडको दोस्रो लहरको समयमा पनि उहाँलहरुले संसदमा नेपाललाई सहयोग गर्ने कुरा राखेको प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो । उहाँहरुले प्रधानमन्त्री देउवासमक्ष नेपालसँगको सम्बन्ध र त्यसलई प्रर्वद्धन गर्न बर्षांैदेखि आफूहरुले खेलेको भूमिकाका बारेमा पनि चर्चा गर्नुभयो । उहाँहरुले आफ्नो कार्यकालमा नेपाल बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउन सबैप्रकारको सहयोग सदभाव र समर्थन रहने विश्वास पनि दिलाउनुभयो।

यसैगरी ब्रिटेन नेपाल सोसाइटीको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको छ । सोसाइटीका अध्यक्ष एवम् पूर्व राजदूत एन्ड्रयु स्पार्कले सोसाईटीले धेरै बर्ष अघिदेखि नेपाल र नेपालीको सहयोगका लागि काम गरिहेको स्मरण गराउँदै अझ थप प्रभावकार बनाउन आफूहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । भेटमा अध्यक्ष स्पार्कले नयाँ पुस्ताका ब्रिटिस युवालाई नेपाल भ्रमण गराउन र सदभावना बढाउन केही नयाँ कार्य गर्ने सोच बनाएको बताउनुभयो ।

उहाँले विभिन्न स्वंयसेवी व्यतिm र गैर सरकारी संस्थामार्फत सोसाईटीले नेपालभरी काम गरिरहेको बताउँदै यस कामलाई अझ प्रभावकरी बनाएर नेपाल र बेलातयबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्धता पनि व्यतm गर्नुभयो । सोसाइटीले गरेका कामको बारेमा गहिरो चासो राख्दै नेपालको विकासमा पु¥याएको सहयोगका लागि प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभयो । भेटमा वन तथा वातावरणमन्त्री रामसहाय यावद,परराष्ट्र सचिव भरतराज पौडेल, प्रोटोकल प्रम्ख डा.दुर्गाबहादुर क्षेत्री, कार्यवाहक राजदूत श्रीमती रोशन खनाललगायतको सहभागिता रहेको थियो ।

यसैगरी,प्रधानमन्त्री देउवासँग गैर आवासीय सङ्घ(एनआरएनए) यूकेको एक प्रतिनिधिमण्डलले शनिवार भेट गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकलाई मतदानमा भाग लिने व्यवस्था,नेपाल बेलायत सिधा हवाई उडान सञ्चालन र नेपालमा विदेशी लगानी भित्र्याउन सुगम कानूनी व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ । सो क्रममा एनआरएनए यूकेका संरक्षक शेर सुनार, एनआरएनका केन्द्रिय सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले नेपाली नागरिकताको निरन्तरता,भूतपूर्व गोरखाको समस्या समाधान लगायतका विषयमा ध्यानाकर्षण गराउँदै जानकारी गराउनु भएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले नेपाललाई माया गरेकोमा धन्यवाद दिदै नेपालमा विदेशी लगानी भित्र्याउन दिनुपर्ने सुविधा दिन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले कोभिडको बेलामा बेलायत सरकारले नेपाललाई खोप उपलब्ध गराएर सहयोग गरेको स्मरण गर्दै चैतसम्ममा नेपालाई पूर्ण कोभिडमूक्त देश बनाउने प्रतिबद्धता व्यतm गर्नुभयो । बेलायतलगायत विश्वका अन्य देशमा नेपालप्रति ठूलो सदभाव रहेको चर्चा गदै प्रधानमन्त्री देउवाले अब नेपाल आउन चाहने जोसुकैलाई अन अराइभल भिसाको व्यवस्था गरिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई नेपाली जनसम्पर्क समिति बेलायतको टोलीले भेटेर नागरिकताको निरन्तरता लगायतका विषयमा ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष युवराज गुरुङले प्रधानमन्त्री देउवालाई स्वागत गर्दै समितिले विभिन्न समयमा नेपालमा गरेको सहयोगका बारेमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले नागरिकताको निरन्तरताको विषय संविधानसँग जोडिएकाले त्यहाँ उल्लेख नभएसम्म त्यो सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले बेलायतको नागरिकता लिएका नेपालीले यहाँको सांसद हुन सक्ने सभावना औंल्याउदै गैर आवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकोमा प्रसंशा गर्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई सुरक्षाको ग्यारेण्टी दिन सरकार सदैव तयार रहेको स्प्ष्ट पार्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter