माटोको दियोले बजार पाएपछि व्यवसायी खुसी

जयकृष्ण यादव / इनरुवा, कात्तिक १५ गते । सुनसरीको इनरुवा नगरपालिका २ का झमेली पंडितले तिहारका लागि बनाएको माटोको दियोले बजार पाएपछि खुसी व्यक्त गर्नुभयो । तिहार नजिकिनुभन्दा एक महिना अघिबाटै माटोको दियोसहित कलश र माटाको भाँडा बनाउनमा व्यस्त बनेको उहाँ बजारमा दर्जनको ३० रुपियाले दियो विक्री गर्न पाएकोमा खुसी भएको बताउनुभयो ।

पंडितले सोमबारे हाटमा पाँच हजार दियो विक्रि गरेको सुनाउँदै गतवर्ष कोरोनाले हाट बन्द भएको र यसपाली हाटमै बेच्न पाएपछि आफू खेशी भएको बताउनुभयो ।

पण्डितजस्तै पानवनी पंडितले पनि आफूले बनाएको दियोले बजार पाएपछि सिजनमा १५ हजार रुपियाँ आम्दानी भएको बताउनुभयो । इनरुवासहित सुनसरीका बिभिन्न गाउपालिका र नगरपालिका क्षेत्रमा कुम्भकार (पंडित) समुदायका मानिसले माटोको भाँडा बनाउने काम गर्दैआएकोमा प्लास्टिकको सामग्री प्रयोग भएपछि माटोको भाँडो संकटमा पर्दैआएको छ । भाँडो र दियो कलश धार्मिक तथा सांस्कृतिक पर्व तिहारमा प्रायःले दियो प्रयोग गर्ने भएकाले माटोको दियो र कलशले बजार पाएको रमेश पंडितको भनाइ छ ।

तिहार र छठमा आवश्यक पर्ने माटोको भाँडोसहित दियो र कलश लगायतका माटोको भाँडाको बजारमा माग बढ्दै गएको उहाँले बताउनुभयो । यसपाली सामानको उचित मूल्य पाएको पनि उहाँले बताउनुभयो । कुम्हार समुदायका मानिसले कालो अर्थात कुमाले माटो ल्यएर दियो र कलश लगायतका सामग्रीहरु बनाएर बजारमा बेच्ने गरेका छन् ।

इनरुवा नगरपालिका २ का जितन पण्डितले वर्तमान अवस्थामा कुम्भकारको पेशा संकटमा रहेको बताउँदै चाडपर्व नहुने हो भने हातमुख जोड्न समस्या हुने चिन्ता व्यक्त गर्नुभयो । पण्डितका अनुसार माटो पाउन निकै मुस्किल रहेको अवस्थामा बजारमा आएको रेडिमेट, प्लास्टिकका सामानले केही समस्या पारेको बताउनुभयो ।

बजारमा उचित मूल्य नपाए पनि आफूहरुले पुर्खौली पेशा भएकाले बचाइराख्न भए पनि माटोको भाँडा बनाउने काममा लागेको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter