जनगणना भाेलि सम्पन्न हुँदै, छिटपुट घटना बाहेक सफलता उन्मुख

छेटु शेर्पा / काठमाडौं, मङ्सिर ८ गते । कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम सफल उन्मुख रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना सफल उन्मुख भएको विभागले जनाएको छ ।

गणनाका क्रममा फिल्डमा पुगेका गणक माथि विभिन्न बहानामा आक्रमण समेत भयो तर कर्तव्य निर्वाह गर्न गणकहरु सचेततापूर्वक लाग्दा आजका दिनसम्म गणनामा कुनै समस्या नभएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।
बिहीबारसम्म चल्ने गणना हालसम्म ९५ प्रतिशतनै सफल भएको उहाँले जानकारी दिनुभयो । विभिन्न प्रायोजनमा हुने गरेका कार्यक्रम र खटिएका अभियान्ताहरुले जनगणना प्रभावित मात्र नभएर विफल नै बनाउने गरी कार्यक्रमहरु गरे पनि गणकहरुले आफ्नो कतव्य र दायित्व पूर्णरुपमा निर्वाह गरेका कारण कार्यक्रम सफल भएको उहाँले बताउनुभयो ।

लम्जुङमा र रुपन्देहीमा अभियान्ताहरुले योजनाबद्ध रुपमै गणक माथि दुर्व्यवहार गरेको विभागको ठहर छ । गणकले गलत तथ्य लेखेको भन्दै गणक माथि दुर्व्यवहार गरेर सञ्चारमाध्यममा प्रचार भएपछि तथ्याङ्क विभागबाटै खटिएका कर्मचारीले उक्त घटना गलत र प्रायोजित हल्ला मात्र भएको निष्कर्ष विभागले निकालेको उहाँले बताउनुभयो । विभागले प्रश्नावली लिएर गणनाका लागि गणक फिल्डसम्म पुग्नुभन्दा अघि पटकपटक सबै जातीय संस्था, समुदाय लगायतका संघसंस्थासँग छलफल गरेर प्रश्नावलीहरु तयार पारेको उहाँले बताउनुभयो ।

सीमित समुदायले अभियान्तानै खटाएको र सिकाएकै आधारमा जबर्जस्त अनावश्यक विवरणहरु लेखाउन लगाएको समेत विभागको आरोप छ । प्रश्नवालीमा लेख्ने र कोड नम्बरमा चिन्ह लगाउने दुवै विकल्प भएकाले तथ्याङ्कमा समस्या हुने अवस्था नहुनेमा विभागले स्पष्ट बनाएको जनाएको छ । विभागले फिल्डमा खटिने गणकको छनाेट गर्दा कक्षा– १२ पास गरेका उपयुक् व्यक्तिलाई मात्र छनाेट गरेको जनाएको छ । राष्ट्रिय गौरवको एतिहासिक कार्यक्रम सफल बनाउन विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छ ।

विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । विभागले मङ्सिर नौ गते गणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा सबै गणनाको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter