• Friday, June 13, 2025

कोभिडले भन्दा सूर्तिजन्य प्रदार्थबाट मृत्यु हुनेको संख्या चार गुणा

सिर्जना खत्री / काठमाडौं, मङ्सिर १० गते । नेपालमा पछिल्लो समय कम उमेरका व्यक्तिलाई हृदयघातको उच्च जोखिम देखिन थालेको छ । ४० वर्षपछि मात्र हुने भनिएको हृदयघात पछिल्लो केहीवर्षमा २०/२५ उमेरमै देखिएकोमा विज्ञहरु चिन्तित छन् ।

शहीद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले सूर्तिजन्य पदार्थको सेवनबाट धेरै कम उमेरका युवामा हृदयघात भएर अस्पतालमा आउने बताउनुभयो ।
डा. अधिकारीका अनुसार अस्पतालले गरेको एक अध्ययन अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको छ । हृदयघात हुनेमा सबैभन्दा बढी सूर्तिजन्य पदार्थको सेवन गरेको पाइएको डा.अधिकारीले जानकारी दिनुभयो ।

चुरोट खाने पुरुषको तुलनमा महिलामा बढी हृदयाघात

डा. अधिकारीका अनुसार चुरोटको सेवन गर्ने महिलामा हृदयघात हुने सम्भावना पुरुषको तुलनामा बढी रहेको छ । ‘चुरोट सेवन गर्ने पुरुषमा हृदयघात हुने सम्भावना आठ गुणा बढी भए जस्तै महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघातको सम्भावना हुन्छ।’ डा. अधिकारीले राजधानीमा हालै आयाेजित एक कार्यक्रममा जानकारी दिनुभयो अधिकारीका अनुसार २३ प्रतिशत हृदयघातका बिरामीहरुको मृत्यु बाटोमानै हुने गर्दछ। त्यस्तै ३० प्रतिशत हृदयघातका बिरामीहरुको अस्पतालमा मृत्यु हुने डा अधिकारीले जानकारी दिनुभयो।

एक अनुसन्धानका अनुसार एक पटक हृदयघात भइसकेपछि मानिसको आयु दश वर्षसम्म घट्ने अधिकारीले जानकारी दिनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवाली नसर्ने रोगका कारण बर्सेनि हजारौं मानिसको अकालमा नै मृत्यु हुने गरेको डा ज्ञवाली बताउनु हुन्छ।

नसर्ने रोगको प्रमुख कारक तत्वनै सुर्तीजन्य पदार्थ रहेको भन्भन्दै यसलाई नियन्त्रण गर्न सबैले आआफनो स्थानबाट प्रयास गर्नुपर्नेमा डा ज्ञवालीले बताउनुभयो ।

उहाँले कोभिड भएका र चुरोट सेवन गर्नेमा जटिलता बढी हुने कुरा अनुसन्धानबाट पुष्टि भइसकेको भन्दै यसले गर्ने हानीका बारेमा व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व स्वास्थ्य संगठनकी नसर्ने रोग विभागकी डा लोनिम दीक्षितले नेपालमा नसर्ने रोग नियन्त्रण गर्ने हो भने पहिलो स्टेपमा सुर्तीजन्य पदार्थमा नै नियन्त्रण गर्नुपर्ने जोड दिनुभयो । डा दीक्षितका अनुसार त्यसका लागि पहिले सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्छ ।

उहाँले भन्नुभयो, ‘अब ९० प्रतिशत चेतावनीमूलक चित्रतर्फ अल्झिने भन्दा पनि प्लेन प्याकेजिङमै जानुपर्छ । उहाँले चुरोट सेवन गर्नेहरु धेरै निम्न आय भएकाहरु भएको भन्दै यसमा कर बढाउँदा उनीहरुले खरिद गर्न नसक्ने हुँदा बिस्तारै यसको मात्रा घटाउँदै लानेमा समेत जोड दिनुभयो ।

कोभिडले भन्दा सूर्तिजन्य प्रदार्थबाट मृत्युहुनेको संख्या चार गुणा बढी
नेपालमा कोरोनाको डेढवर्षको अवधिमा सूतिजन्य प्रदार्थको सेवनबाट चार गुणा मानिसको मृत्यु भएको छ ।

कोभिड १९ सुरु भएदेखि अहिलेसम्म ११ हजार ५ सय भन्दा बढीको संक्रमितको मृत्यु भैसकेको छ । तर सूर्तिजन्य पदार्थको सेवनका कारण मृत्यु हुनेको संख्या त्यो भन्दा चार गुणा रहेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण प्रत्येक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको पाइन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter