सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

काठमाडौं, मङ्सिर १० गते । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।
सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो ।
स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।
कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ । रासस