वैदेशिक रोजगारीबाट फर्केकालाई पुनः एकीकरण गर्ने योजना

काठमाडौँ, मङ्सिर १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकार वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण गर्ने योजनामा रहेको बताउनुभएको छ । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा सरोकारवालासँगको छलफलमा उहाँले सो कुरा बताउनुुभएको हो ।

मन्त्री श्रेष्ठले सरकार विदेशमा श्रम गरेर फर्केकालाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनः एकीकरण योजना सरकारको प्राथमिकताका साथ काम गरेको बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै उहाँले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले ‘भिजिट भिसा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीको बाक्लो उपस्थिति थियो । छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।
यसैबीच मन्त्री श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी)मार्फत लक्षित वर्गले सही सूचना पाएको बताउनुुभयो । उहाँले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी)ले वैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत व्यक्ति र उनीहरूको परिवारलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter