• Tuesday, April 22, 2025

२४ घण्टामा २४ सय ४८ संक्रमित थपिए : दुई जनाको मृत्यु

काठमाडौं, पुस २८ गते । पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार ९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तीन हजार ९८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. मिश्राले दिनुभएकाे जानकारी अनुसार २४ घण्टामा २७८ जनाले कोरोना जितेका छन्।

त्यसैगरी बुधबार कोरोनाले दुई जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter