मासु पसलबाट मासिक दुई लाख बढी रुपियाँ आम्दानी

राजन रावत / हुम्ला, माघ १७ गते । दुर्गम क्षेत्रमा सञ्चालन गरिएको मासु पसलबाट मासिक दुई लाख कमाई हुने गरेको पाइएको छ । वेरोजगार बस्नुभन्दा सानै लगानीबाट सुरु गरिएको सो व्यवसायबाट राम्रो कमाई भएको पसल सञ्चालकको भनाई छ ।

सुमित्रा फ्रेस हाउसकी सञ्चालक सुमित्रा थापाले मासु व्यवसायबाटै मासिक दुई लाखको कमाई हुनेगरेको बताउनुभयो । दैनिक एक सय बीस केजी मासु बिक्री हुनेगरेको उहाँको भनाई छ । दैनिक डेढ क्वीन्टल मासु नेपालगंजबाट हवाई जहाजबाट आउने र सो मासु हुम्लामा सञ्चालन गरिएको फ्रेसबाट बिक्री गर्दैआएको उहाँले बताउनुभयो ।

उहाँलाई श्रीमान अदानसिंह थापाले नेपालगंजबाट मासु पठाउने कार्यमा सहयोग गर्दै आउनुभएको उहाँको भनाई छ । जिल्लामा २१ वटा अन्य पसल भएपनि सफा गरेर मासु बिक्री गर्दै आउनुभएका कारण उहाँको पसलमा ग्राहकको घुईचो लाग्नेगरेको छ । यद्यपि कुनै दिन हवाई सेवा बन्द हुँदा व्यवसाय पनि बन्द गर्नुपर्ने अवस्था आउनेगरेको उहाँले बताउनुभयो ।

उधारो नजाने र नगद हातमा आउने भएको कारण उहाँ यो व्यवसायबाट निकै सन्तुष्ट रहनु भएको छ । हुम्लामा कुखुरको मासु प्रतिकेजी ६ सय रुपियाँ पर्नेगरेको छ । मासु पसलबाटै भएको कमाईले उहाँले नेपालगंजमा घडेरीको समेत व्यवस्था गरिसक्नु भएको छ । अन्य कुनै काम नगर्ने उहाँले चार जना छोरा छोरीलाई नेपालगंजमा पठनपाठन गर्दै आउनुभएको बताउनुभयो ।

दश वर्ष अघि बीस हजार रुपियाँ लगानी गरेर सो व्यवसाय उहाँले सञ्चालन गर्नुभएको थियो । यही व्यवसाय गर्न उहाँ अदानचुली गाउँपालिका–१ को कल्केबाट सदमुरमुकाम तीन दिन पैदल हिडेर आउनु भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter