• Saturday, April 05, 2025

तीन हजार ४७२ सङ्क्रमित थप, आठ हजार १९१ डिस्चार्ज, आठको मृत्यु

काठमाडौं, माघ १७ गते । पछिल्लो २४ घण्टामा तीन हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा पाँच हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ८२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल १६ हजार ८८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर पाँच हजार २९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार १९१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ९०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७४३ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter