• Tuesday, April 22, 2025

२४ घण्टामा ५९ जनामा कोरोना पुष्टि : मृत्यु शून्य

काठमाडौं, फागुन २९ गते । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी १६ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । आइतबार पीसीआर र एन्टीजेन परीक्षणबाट ६५ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी २४ घण्टामा १९२ जनाले कोरोना जितेका छन् भने कसैकाे पनि मृत्यु भएकाे छैन । २४ घण्टामा ६८ हजार ४८८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर चार हजार ९१४ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter