• Monday, April 14, 2025

साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री काठमाडाैंमा

काठमाडौँ, फागुन ३० गते । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडाैं आइपुग्नु भएकाे छ । उहाँलाई परराष्ट्र सचिब भरतराज पाैडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाग्त गर्नुभएकाे थियाे ।

नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भने राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नुहुनेछ । साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter