कामीरिताको नेतृत्वमा सगरमाथा आरोहणको बाटो बनाइने

काठमाडौं, चैत ६ गते । वसन्त ॠतुमा सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोहण मार्ग निर्माण गर्ने जिम्मा २५ औं पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामी रीता शेर्पाले पाउनुभएको छ । चुचुरोसम्म पुग्न बाटो निर्माणसँगै डोरी टाँग्ने जिम्मा उहाँकाे नेतृत्वमा आठ जनाले पाउनुभएकाे हो ।

कीर्तिमानी आरोहीसहितको टोलीमा गाइड सोना, ङिमा टासी, छिरिङ ग्याल्जेन, फुरा छिरिङ, फुर्वा छेतार शेर्पा, फुर्वा कुसाङ र लाक्पा तेन्जिङ शेर्पा छन् ।

आरोहीका लागि सहज बाटो निर्माण गर्ने जिम्मेवारी पाएको सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले मे महिनाको पहिलो सातामा बाटो निर्माण सम्पन्न गर्ने जनाएको छ ।

सगरमाथा आरोहणका लागि उपयुक्त समय मे महिनाको पहिलो सातादेखि तेस्रो सातासम्मलाई मानिन्छ । यस वर्ष पनि मौसमले साथ दिए सोही अवधिमा आरोहण सम्पन्न हुनेछ । त्यसका लागि तोकिएकै समयमा बाटो निर्माण सम्पन्न हुने बताइएकाे छ ।

यसका लागि सङ्घले प्रत्येक विदेशी आरोहीबाट छ सय डलर असुल गर्ने गरेको छ । यता, वर्षेनी दोस्रो क्याम्पभन्दा माथि टाँगिएको डोरी फिर्ता नल्याइँदा आरोहणमा समस्या भएको भन्दै आरोहीहरुले नयाँ डोरी टाँगिएसँगै पुराना डोरी फिर्ता ल्याउन माग गर्दै आएका छन् ।

गत वर्ष सगरमाथा आरोहणका लागि ३९८ जना विदेशी आरोहीले अनुमति लिएर हालसम्मकै धेरै आरोहीको रेकर्ड बनाएका थिए । यस वर्ष युक्रेन र रुसको द्वन्द्वकारण हिमाल आरोहीको सङ्ख्यामा कमी आउने व्यवसायीहरुले जनाएका छन् ।

पर्यटन विभागको तथ्याङ्कअनुसार करिब ३० प्रतिशत आरोहीहरु रुस र युक्रेनबाट आउने गरेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter