• Saturday, April 12, 2025

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

काठमाडौं, चैत १३ गते। तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किनुभएको छ। शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुग्नुभएका वाङ आइतबार दिउँसो स्वदेश फर्किनुभएको हो। नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो। शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट शुक्रबार नेपाल आउनुभएको हो। वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर आइतबार परराष्ट्र सचिव भरतराज पौड्याललगायतले बिदा गर्नुभएको हो।

शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेट गर्दै औपचारिक भेटवार्तालाई निरन्तरता दिनुभएका वाङले आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै औपचारिक वार्ता सक्नुभएको हो।

नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो। आइतबार बिहान शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएका वाङले शनिबार साँझ प्रधानमन्त्री देउवासँग उहाँको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको हो।

वाङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भने आइतबार बिहान भेटवार्ता गर्नुभएको हो। चिनियाँ विदेशमन्त्रीको तीन दिने भ्रमणलाई नेपालमा महत्वका साथ हेरिएको छ। भ्रमणका क्रममा विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचोसमेत परराष्ट्रमन्त्री मार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter