• Saturday, April 12, 2025

काठमाडौंबाट ४६ दलले निर्वाचनमा भाग लिने, कुन जिल्लामा कति ?

आशा साह / काठमाडौं, चैत १४ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट ४० दलले भाग दिने भएका छन् । सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँच/पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।

आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । तीमध्ये ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने जानकारी उहाँले दिनुभयो ।

यसैगरी, दोलखा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३, नवलपरासी (पूर्व) १६, नवरपरासी (पश्चिमं) २१, रुपन्देही ३२, कपिलवस्तु २१ र पाल्पा नौ दलले निर्वाचनमा भाग लिँदै छन् ।

अर्घखाँची ११, गुल्मी ११, रुकुम (पूर्व) सात, रोल्पा सात, प्यूठान नौ, दाङ २१, बाँके २३, बर्दिया २०, रुकुम (पश्चिम) सात, सल्यान सात, डोल्पा पाँच, जुम्ला आठ, मुगु नौ, हुम्ला नौ, कालिकोट १४, जाजरकोट सात, दैलेख आठ, सुर्खेत १९, बाजुरा नौ, बझाङ सात, डोटी नौ, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने निर्णय गरेको छ ।

देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठान पाउने भएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ ।

त्यस्तै, निर्वाचन प्रयोजनाका लागि यही चैत १५ गतेदेखि कल सेन्टर ९११०२० प्रयोगमा आउने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, निर्वाचनमा मतपत्र जनक शिक्षा सामाग्री केन्द्रबाट छपाइ गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सो निर्णय बमोजिम केन्द्रलाई जनशक्ति, छपाइ र छपाइ मेसिन लगायतका पूर्वधार तयारी अवस्थामा राख्न निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter