• Saturday, April 12, 2025

विमस्टेकमा पाँच वटा सम्झौतामा हस्ताक्षर गर्ने तयारी

काठमाडौं, चैत १५ गते। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा गर्ने जनाएको छ। प्रधानमन्त्री देउवाले चैत १८, १९ र २० गते भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै सो कुराको जानकारी दिनुभयो।

साथै प्रधानमन्त्री देउवाले श्रीलंकामा भइरहेको बिमेस्टक राष्ट्रहरुको पाँचौं सम्मेलनलाई बिहीबार भर्चुअल माध्यमबाट बैठकमा सम्बोधन गर्नुहुने उहाँले जानकारी दिनुभयो। बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंकाको कोलोम्बो पुगिसक्नुभएको उहाँले बताउनुभयो। यसक्रममा पाँच वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको समेत उहाँले बताउनुभयो।

त्यस्तै, प्रवक्ता लम्सालले गत फागुन ३० गतेदेखि १ गतेसम्म साउदी अरेबियाका राजकुमार एवं विदेशमन्त्री फैसल बिल फहरानको नेपाल भ्रमणको बारेमा पनि जानकारी दिनुभयो। यसक्रममा पहिलो पटक दुई देशका परराष्ट्रमन्त्री स्तरीय भेटघाट भएको लम्सालले बताउनुभयो। साथै विदेशमन्त्री फहरानको परराष्ट्रमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो।

यसैगरी, चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भ्रमण भएको उहाँले बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter