स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू

आशा साह / काठमाडौं, चैत १७ गते । जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले नेपाली सेनाको निगरामीमा बिहीबारबाट मतपत्र छपाई सुरु भएको जानकारी दिनुभयो । साथै निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले परीक्षणका रूपम नमुना मतपत्र छाप्न थालिएकाे बताउनुभयाे ।

निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियालगायत आयोगका पदाधिकारीहरु र नेपाली सेनाको उपस्थितिमा नमुना मतपत्र छपाईको उद्घाटन भएको उहाँले बताउनुभयो ।

सू्चना अधिकारी अर्चायले अहिले केन्द्र सेनाको नियन्त्रणमा रहेको छ । साथै, मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा १२० जनाभन्दा बढी सेनाले सुरक्षा दिएको र थप आउने क्रममा रहेको उहााले जानकारी दिनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।

आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यसैगरी, निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter