सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

मित्र भण्डारी / काठमाडौं, वैशाख १८ गते । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विसं.२०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।

२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा २०६९ मा प्रहरी उपरीक्षक (एसपी) हुँदा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ ।

तत्कालीन महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध (हाई प्रोफाइल) घटनाको सफल अपरेशन गरी हत्या योजना समेत विफल पार्नु भएका सिंहले उपत्यकामा हुने अपराधलाई न्यूनीकरण गर्न उहाँ धेरै हदसम्म सफल हुनु भएको थियो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नेतृत्व सम्हालेसँगै दुई दशकदेखि अलपत्र परेका ललिता निवास प्रकरण, सिभिल सहकारी हिनामिना प्रकरणलगायत दर्जनौँ बैङ्किङ कसुर तथा अपराधका मुद्दाको सफल अनुसन्धान गर्नुभएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए पनि सफल अनुसन्धानबाट सिंहले आफ्नो कार्यसम्पादनलाई प्रहरीमा दोस्रो स्थानमा झर्न दिनुभएन ।

त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । गतहप्ता मात्र सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरित्त महानिरीक्षकमा नियुक्त हुनुभएका अर्याल महानिरीक्षक बन्ने निश्चित थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter