सञ्चारसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन हुँदैछ : मन्त्री कार्की

काठमाडौँ, वैशाख १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९ को अवसरमा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माणको आधार गर्ने बाटोमा सरकार अगाडि बढिरेहको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आइसिटीको क्षेत्रमा भएको विकाससँगै बढेको चुनौतीको सामना गर्नसमेत सरकारले नीतिगत व्यवस्था गर्ने कार्य अगाडि बढाएको छ, आइसिटीलाई व्यवस्थित गर्नका लागि सरकारले नीतिगत, कानूनी र संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।”

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई तीव्रताका साथ अगाडि बढाइएको बताउँदै मन्त्री कार्कीले विभिन्न निकायबाट प्रदान गरिएका सार्वजनिक सेवालाई नागरिक एप्समा आबद्ध गर्ने कार्य भइरहेको जानकारीसमेत दिनुभयो । व्यवस्थित तथा सुरक्षित साइबर स्पेसका लागि साइबर सुरक्षा नीतिको कार्य अगाडि बढाउनुका साथै साइबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई प्राथमिकतामा राखिएको र संवेदनशील पूर्वाधारलाई २४सै घण्टा निगरानी गर्ने गरी पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

मन्त्री कार्कीले सञ्चालनमा रहेका डाटा सेन्टरको पुनरावलोकन गर्नुका साथै डाटा सेन्टर स्थापना कार्य अगाडि बढाउँदै ब्रोडब्याण्ड सेवा विस्तारको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको र मुलुकका सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र र स्थानीय तहमा ब्रोडब्याण्ड सेवा विस्तार गर्नुका साथै आधारभूत विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा पु¥याउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । एक हजार सामुदायिक, प्राथमिक र माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । मन्त्री कार्कीले भन्नुभयो, “आजको युग, सूचना तथा सञ्चार प्रविधिको युग हो, सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारमा समग्र देशको विकासको परिकल्पना गर्न कठिन छ, सूचना तथा सञ्चार प्रविधि आजको आवश्यकता मात्रै नभएर अपरिहार्यता पनि हो ।”

मानवजीवनलाई सहज, सरल र समृद्ध बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले आइसिटीको प्रयोगको विकास र विस्तारले सार्वजनिक सेवा थप प्रभावकारी, विश्वसनीय, सुरक्षित, सरल, सहज र गुणस्तरीययुक्त भई सामाजिक तथा आर्थिक विकासको माध्यमबाट दिगो विकास र गरिबी न्यूनीकरणका लक्ष्य हासिल गरी समग्र देश विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान सरकारको विगतको अनुभव, विगतका नीति तथा समयसँगै बदलिएको सोचअनुरूप आइसिटीको क्षेत्रमा गुणात्मक विकास गरिने नीति लिइएको उहाँले बताउनुभयो । सरकारका मुख्य सचिव शङ्कर वैरागीले सूचना, सञ्चार प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको बताउँदै प्रविधिलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न आग्रह गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को सपना पूरा गर्ने गरी आफ्ना क्रियाकलापलाई तीव्रता दिँदै आएको बताउनुभयो ।

सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पु¥याएवापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इञ्जिनीयर पङ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ । त्यसैगरी रोजाकिरण बाशुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं (सिन्धुली) लाई सोही अवार्ड प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ ।

त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरलाई प्रदान गरिएको छ । त्यसैगरी रु ७० हजार राशिसहित विआइसी टेक्सोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter