• Tuesday, April 22, 2025

राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोग पदाधिकारीको भेट

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचनआयोग पदाधिकारीहरुले भेट गर्नुभएको छ । बुधबार राष्ट्रिपति भवनमा राष्ट्रपति भण्डारीले पदाधिकारीहरुसँगको भेटमा यही वैशाख ३० गते आयोजना हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राख्नु भएको थियो ।

भेटका अवसरमा प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले मिति २०७८।१०।२५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको व्यहोरा राख्नुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपतिबाट आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको कुरा उल्लेख गर्नुभयो । राष्ट्रिपतिले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरुले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाध रुपमा मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन सुझाव दिनुभयो ।

आवधिक निर्वाचन सम्पन्न गर्ने आयोगको संवैधानिक कार्य भएको हुँदा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न आयोग सदैब क्रियाशील रहनु पर्ने साथै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुलाई जसरी पनि निर्वाचन जित्न पाए हुन्थ्यो भन्ने भावना भएपनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूति सहित निर्वाचन सम्पन्न गर्ने तथा मतपरिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने कुरामा पनि राष्ट्रपतिले जोड दिनु भयो । राष्ट्रपतिसँगको भेटमा आयोगका प्रमुख आयुक्त, आयुक्तहरु इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबराको उपस्थिति रहेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter