निर्वाचन अधिकृतलाई तालिम

घोराही, वैशाख २२ गते । स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावी प्रचारसँगै मतदाता भेटघाट र सभालगायतका कार्य भइरहेका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरू खटिएका छन् ।

निर्वाचनका लागि दलहरूले प्रचारप्रसारसँगै भेटघाटलाई तीव्र बनाएका बेला प्रदेश निर्वाचन कार्यालयले निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि घोराहीमा तालिम सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय, दाङको आयोजनामा बुधबारदेखि तालिम सुरु भएको हो ।

प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले तीन दिनसम्म चल्ने तालिममा मतदान अधिकृत र सहायक अधिकृत गरी ९२२ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । तालिम सकेपछि स्थानीय तह निर्वाचनका लागि वैशाख २७ गतेदेखि निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरू आआफ्नो मतदान केन्द्रमा खटिनेछन् । दाङमा १० पालिकामा १५३ मतदान स्थलमा ४६१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । चार लाख नौ हजार नौ सय मतदाता छन् । तालिमको उद्घाटन गर्दै दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचनलाई सफल बनाउनका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृतलगायतका कर्मचारीको महìवपूर्ण भूमिका हुने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter