खाद्य प्रयोगशाला स्थापनाको तयारी

सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेशमा खाद्य प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । खाद्यको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापनाको कामलाई अन्तिम चरणमा रहेको जनाइएको छ । हालसम्म यहाँ प्रयोगशाला नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आगामी जेठ ३० गतेदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले उपकरण खरिदको प्रक्रिया कार्य अगाडि बढेको जानकारी दिनुभयो । प्रयोगशालाका लागि घरभाडामा लिएर फर्निचर, कम्प्युटरलगायतको व्यवस्था गरिसकेको उहाँले बताउनुभयो । खाद्य तथा खाद्यसम्बन्धी उद्योग मापदण्डअनुसार भए, नभएको नमुना सङ्कलन गरेर हालसम्म बाहिर पठाउने गरिएको र अब छिट्टै यो समस्या हट्ने उहाँको भनाइ छ ।

छ जिल्लामा २७ पटक अनुगमन

कार्यालयले कर्णालीका छ जिल्लामा २७ पटक अनुगमन गरेको छ । निमित्त प्रमुख थापाका अनुसार चालू आर्थिक वर्षको हालसम्म कार्यालयले ३६८ वटा खाद्य उद्योग, दाना उद्योग, पसल, होटल र रेस्टुराँमा अनुगमन तथा निरीक्षण गरेको छ ।

कार्यालयले पसल सुपरमार्केट २६६ वटा, होटल, रेस्टुराँ ७४, खाद्य उद्योग ५७ र चारवटा दाना उद्योगमा अनुगमन गरेका हो । मङ्गलबार आयोजना गरिएको तेस्रो त्रैमासिक समीक्षा गोष्ठीमा अनुगमन र निरीक्षणबारे जनकारी दिँदै निमित्त प्रमुख थापाले बजार अनुगमनलाई पनि तीव्रता दिएको बताउनुभयो । सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्ला कार्य क्षेत्र रहेको छ ।

यी जिल्लामा कार्यालय आफैँले र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर खाद्यको नमुना सङ्कलन, खाद्य बजार, दाना बजारको अनुगमन, निरीक्षणलगायतका कार्य गर्दै आएको निमित्त प्रमुख थापाले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय छवटा उद्योगले मापदण्डअनुसार सञ्चालन नभएकाले एक उद्योगको मुद्दा दर्ता भएको र पाँचवटा उद्योगको प्रक्रियामा रहेको जानकारी दिनुभयो । सीमित स्रोतसाधन र जनशक्तिका कारण अझै पनि अनुगमन तथा निरीक्षणको काम प्रभावकारी बन्न नकेको उहाँले बताउनुभयो । २१ जना दरबन्दी रहेको कार्यालयमा आठ जना मात्रै कर्मचारी छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter