• Saturday, April 12, 2025

साबुन र डिटर्जेन्ट पाउडरको आयात प्रतिबन्ध लगाउन माग

नवराज कट्टेल / विराटनगर, वैशाख ३० गते । स्वदेशमा आत्मनिर्भर भइसकेको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् । सरकारले सवारीसाधन, मोबाइल फोन, टेलिभिजनजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा नेपालमै उत्पादन हुने वस्तुको आयात नरोकेको उद्योगीले गुनासो गरेका हुन् ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत हिमगिरि सोप एन्ड केमिकल्स इन्डस्ट्रिजका सञ्चालक प्रकाश मुन्दडाले लन्ड्री सोप, डिटर्जेन्ट पाउडर र केकलगायतका वस्तु पैठारीमा रोक लगाउन आवश्यक रहेको बताउनुभयो । यस्ता वस्तुको उत्पादन नेपालमै प्रशस्त रहेकाले आयात गर्दा स्वदेशी उद्योग मार खेप्न बाध्य रहेको उद्योगी मुन्दडाको भनाइ छ ।

तयारी वस्तु र त्यसको कच्चा पदार्थमा समान भन्सार महसुल हुँदा नेपाली उद्योग समस्यामा परेका हुन् । उद्योगीले कच्चा र तयारी वस्तुमा दोहोरो अङ्क अन्तरको भन्सार महसुल कायम गरिनुपर्ने माग गरेका छन् तर अहिले असार मसान्तसम्मलाई यस्तो वस्तुको पैठारी प्रतिबन्ध लगाउन आवश्यक रहेको माग छ ।

नेपाल राष्ट्र बैङ्कले लुगा धुने साबुन र पाउडर पैठारीका लागि एलसी नखोल्न बैङ्कलाई गत महिना मौखिक निर्देशन दिएको थियो तर सरकारले भने पछिल्लो समय केही वस्तुको पैठारीमा रोक लगाउँदा आत्मानिर्भर भएको साबुन तथा डिटर्जेन्ट आयातमा रोक नलाएको भन्दै नेपाल केन्द्रीय साबुन उत्पादन सङ्घले समेत ध्यानाकर्षण गराइसकेको छ ।

उद्योगी मुन्दडाका अनुसार सङ्घले वैशाख १५ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस विषयमा जानकारी गराएको थियो । मुलुकमा १९ वटा उद्योगबाट उत्पादन भइरहेको वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाउन माग गरिएको थियो ।

उद्योगीले लन्ड्री सोप, डिटर्जेन्ट पाउडर र केक, ह्यान्ड वास, टिस्यु, ट्वाइलेट क्लिनर, फिनाइल, अगरबत्ती, ट्वाइलेट सोप र पेपर नेपालमा नेपाल आत्मनिर्भर भइसकेको दाबी गर्दै यस्ता वस्तुको आयात रोक्न माग गरेका हुन् । अर्का उद्योगी महेश जाजुले भन्नुभयो, “देशकै उद्योगका उत्पादन खपत बढाउन आयात प्रतिबन्ध गर्न माग गरिएको हो । सरकारले चालू आर्थिक वर्षको असार मसान्तसम्म भए पनि यी वस्तुको आयात प्रतिबन्ध लगाउन जरुरी छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter