देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान ; १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, वैशाख ३०: निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गर्दै यो संख्या बढ्न सक्ने जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए।

उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताउ। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए।

‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले विश्वास लिएको छ। आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए । यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाकाबाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ’,प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरू, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए।

‘प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएका जिल्लाहरुमा भोलि नै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । शान्तिपूर्ण रुपमा मतदान भएको स्थानबाट अहिले सबै मतपेटिका सील गरेर सम्बन्धित प्रतिनिधिहरुसहित क्रमशः निर्वाचन अधिकृतको कार्यालयतिर ढुवानी गर्ने प्रक्रिया प्रारम्भ भएको छ भने केही ठाउँमा मतदान जारी रहेको छ।’

१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन’, थपलियाले पत्रकार सम्मेलनमा भने । यसपटक कममा ५० देखि बढीमा ७५ प्रतिशतसम्म मतदान भएको आयोगले जानकारी दिएको छ । स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter