• Saturday, April 12, 2025

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

काठमाडौं, जेठ ९ गते । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।

नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफुहरुले पहल गर्ने बताउनु भयो ।

अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन् । श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं ।’

नेपाल र मेलेसियाबीच लगानी सम्बन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताउनु भयो । नेपालमा खासगरी पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।

अध्यक्ष मल्लले बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो । मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट आफूहरुले पनि पहल गर्ने अध्यक्ष मल्लको प्रतिबद्धता छ ।

मलेसियाका चार्च डि अफेयर्स हसनले लगानीका लागि आफूहरु तयार रहे पनि प्रतिफलको सुनिश्चिततासम्वन्धी कानून स्पष्ट हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन तर प्रतिफलसम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं ।’’

मेलेसियाले अहिले पनि लाखौं नेपाली युवालाई रोजगारी दिएको स्मरण गराउँदै हसनले आगामी दिनमा यो सङ्ख्या थप बढ्न सक्ने जानकारी दिनुभयो । जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाइ छ । नेपाल र मलेसियाबीच निजी क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter