• Saturday, April 12, 2025

७२८ पालिकामध्ये कांग्रेस ३१९, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी

काठमाडौं, जेठ ९ गते । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१९ पालिका जितेको छ । नेकपा एमालेले १९८ पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६० पालिका जितेका छन् । सोमबार साँझ ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३२ पालिकामा प्रमुख पद जितेको छ भने ६ पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेकपा एमालेले ७५ पालिकामा प्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले १० पालिकामा प्रमुख पद जित्दा एक पालिकामा अग्रता कायम गरेको छ। अन्य पार्टीले २९ पालिकामा प्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता बनाएको छ।

\गाउँपालिकातर्फ कांग्रेसले १८७ पालिकामा अध्यक्ष पद जितेको छ । एक पालिकामा अग्रता लिएको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन।

जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । अन्य पार्टीले ३१ पालिकामा अध्यक्ष पद जितेको भने एक पालिकामा अग्रता लिएको छ।

कांगेसले १०४ पालिकामा उपप्रमुख पद जितेको छ भने ६ पालिकामा अग्रता लिएको छ। एमालेले १०२ पालिकामा उपप्रमुख पद जितेको छ । ११ पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेको छ भने कुनैपनि पालिकामा अग्रता लिएको छैन । जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता कायम राखेको छ। अन्य पार्टीले २१ पालिकामा उपप्रमुख पद जितेका छन् भने एक पालिकामा अग्रता लिएका छन्।

कांग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन । एमालेले १२५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन ।

अन्यले २९ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने एक पालिकामा अग्रता लिएका छन्। यस्तै, कांग्रेसले दुई हजार ६१५ वटा वडामा अध्यक्ष जितेर दुई वटा वडामा अग्रता लिइरहेको छ । एमालेले दुई हजार ९४ वटा वडा जित्दा कुनै वडामा वडामा अग्रता लिएको छैन ।

नेकपा माओवादी केन्द्रले एक हजार ४४ वटा वडामा अध्यक्ष जितेको छ। एक वटा वडामा उसले अग्रता लिइरहेको छ। यस्तै, जनता समाजवादी पार्टीले २८३ वटा वडामा अध्यक्ष जितेको छ भने कुनै वडामा अग्रता लिएको छैन । अन्यले ५७७ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter