• Saturday, April 12, 2025

गैरआवासीय नेपाली सङ्घद्वारा नेपाल सरकारको प्रतिबद्धताको स्वागत

काठमाडौं, जेठ ११ गते । गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु¥याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, मङ्गलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा संघले उठाउँदै आएका विषयहरु समावेश भएकोमा हामी उत्साहित भएका छौं ।

विज्ञप्तिमा भनिएको छ, ‘‘खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुराउने नेपाल सरकारको प्रतिबद्धताको हामी स्वागत गर्दछौं । यसबाट लामो समयदेखि थाँती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं ।’’

संसद्को चालु बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गरी गैरआवासीय नेपाली नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुराउन संघले नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ । हालै प्रधानमन्त्री कार्यालयमा सरकारको नीति तथा कार्यक्रममा समेट्न दिएको आठ बुँदे सुझावमध्ये धेरै सुझाव समेटिएकोमा संघले नेपाल सरकारप्रति आभार प्रकट गरेको छ ।

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने तथा गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिएका छन् ।

यस्तै, सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter