पारा साइक्लिङमा रामचन्द्र र गोपाल पहिलो

काठमाडौं, जेठ १४ गते । रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ठरोग प्रभाविततर्फ पहिलो हुनुभएको हो ।

राष्ट्रिय पारा साइक्लिङ सङ्घको समन्वयमा राष्ट्रिय खेलकुद परिषले आयोजना गरेको प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोस्राे तथा कृष्ण गुरुङ तेस्राे हुनुभयो । कुष्ट रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कांस्य जित्नुभयो ।

नौलीन स्पोर्टस भिल्लामा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए । विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ सङ्घका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

व्हीलचेयरतर्फ डिगमलाई स्वर्ण

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो हुनुभएको छ । रमेश खत्री दोस्राे तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेस्राे हुनुभयो । सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र सङ्गीता माझीले कांस्य जित्नुभएको छ ।

राष्ट्रिय पारा टेबलटेनिस सङ्घको व्यवस्थापनमा जोरपाटीमा भएको प्रतियोगिताको पुरुष सिंगल्स स्ट्यान्डिङमा विवेक राई पहिलो, स्वीकृत न्यौपाने दोश्रो तथा अजय विक र दीपक नकल तेश्रो बन्नुभयो। उक्त स्पर्धाको महिलामा अस्मिता बूढा, पूजा सोती तथा आशाा हमाल र मेणुका गौतमले क्रमशः शीर्ष तीन स्थान हात पार्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter