• Saturday, April 12, 2025

धनगढीको गेटामा तीन सय शैय्याको अस्पताल तत्काल सञ्चालन हुँदै

काठमाडौं, जेठ १४ गते। सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल यही वर्षदेखि संचालनमा आउने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यो आर्थिक वर्षमा तीन सय शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसक्नु भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक वर्षदेखि अस्पताल सुरु हुन लागेको हो।

कांग्रेस नेतृ एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भएको थियो। विज्ञको समितिले स्थलतगत भ्रमण गरेर अस्पताल संचालनको कार्ययोजना तयार गरेको थियो। उक्त कार्ययोजनाकै आधारमा तत्काल तीन सय शैय्याको अस्पताल संचालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। ‘हामीले गेटा मेडिकल कलेजको स्थलत गत अध्ययन गरेर कसरी छिटो भन्दा छिटो अस्पताल संचालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि तीन सय शैय्याको अस्पताल संचालन हुने भएको हो’, डा.जोशीले भन्नुभयो।

मेडिकल कलेज संचालनका लागि कम्तिमा तीन सय शैय्याको अस्पताल तीन वर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार यो वर्षदेखि अस्पताल संचालनमा आउने भएको हो। उक्त समितिले ७५ विगा जमिनमा फैलिएको अस्पतालमा ढल, बिजुली र पानीको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो।

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो। भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल संचालन गर्न नेतृ राणा विगत एक वर्षदेखि पहल गर्दै आउनु भएको छ। राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल संचालनका लागि माग भए अनुसारको २ अर्ब रुपैयाँ बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ।

गेटा मेडिकल कलेज संचालनमा डा. देउवाले पटक पटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल तीन सय शैय्याको अस्पताल संचालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। कम्तिमा तीन सय शैय्या रहनेगरी तत्काल अस्पताल संचालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव छलफल भएर स्वीकृत गरेर सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गर्नुभएको थियो।

सरकारले गेटा अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना गरेको छ। त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ। स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ती गरेर अस्पताल संचालन हुने बताइएको छ।

‘‘यसै आर्थिक वर्षदेखि गेट मेडिकल कलेज तीन सय शैय्याको अस्पताल संचालनमा आउँछ’’, स्वास्थ्य सचिव डा। पोखरेलले भने। गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो। भौतिक पुर्वाधार सम्पन्न भएपछि डा. देउवाको अगुवाईमा अस्पताल संचालन हुन लागेको हो।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज संचालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो। गेटा सुरु भए लगत्तै सुदूरपश्चिम क्षेत्रका सयौंले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एउटा फड्को मार्ने बताइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter