काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठक : फोहोरमैला व्यवस्थापन कार्यदल गठन

सपना थामी / काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलको बैठक मङ्गलबार बस्ने छ ।

कार्यदलका सदस्यहरुमा (एमाले) का तर्फबाट उपप्रमुख सनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट दुई सदस्य, नेकपा (एकीकृत समाजवादी) का सदस्य एक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।

सार्वजनिक शौचालयका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय गरिएको छ । महानगरको गुनासो सम्बोधन गर्न सात दिनभित्र कल सेन्टर स्थापना गर्ने र सोहीमार्फत हप्ताको दुई पटक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बैठकमा महानगरका सबै वडामा रहेका प्रमुख समस्या र विगतमा गरिएका पहल कदमीबारे पनि सङ्क्षिप्तरूपमा चर्चा गरिएको थियो । फोहोरमैला व्यवस्थापनका लागि सिस्डोल र वञ्चरे डाँडाको क्षेत्रमा व्यवस्थापन गर्ने, फोहोरलाई माहोर बनाउनेलगायत मेसिनको विषयमा पनि छलफल भयो ।

महानगर उपप्रमुख डंगोलले महानगरमा विगतका नेतृत्वले गरेका केही राम्रा काम र विचारलाई पनि आवश्यकता अनुसार परिमार्जन गरेर लैजानुपर्ने सुझाव दिनुभयो । मुख्यतः सामूहिक भावनाबाट काम गर्नुपर्ने धारणा उहाँको छ ।

महानगर प्रमुख साहले सोमबारको बैठकमा जनप्रतिनिधिहरुबीच परिचय गर्ने, महानगरका मतदातालाई धन्यवाद ज्ञापन गर्ने, फोहोरमैला व्यवस्थापन र काठमाडौंका होटलहरूसँग सार्वजनिक शौचालयको सहकार्य गर्नेलगायतका प्रस्तावहरु राख्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter