चाडपर्व लक्षित प्रहरीको भरपर्दो सुरक्षा योजना

काठमाडौं, भदौ ६ गते । प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भरपर्दो सुरक्षा योजना निर्माण गर्न लागेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) रवीन्द्रबहादुर धानुकले सोमबार कार्यालयका प्रमुखहरुलाई नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रुपमा रहने भएकाले अझ उत्कृष्ट तरिकाले कार्यसम्पादन गर्नुपर्नेमा उहाँको जोड थियो । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पनि आवश्यक समन्वय र सहकार्य मार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्नसमेत प्रमुख धानुकले प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।

कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै प्रमुख धानुकले आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनशिलतामा प्रहरी कारबाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनको योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter