• Tuesday, April 15, 2025

राजमार्गको हरेक ६० किलोमिटरमा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य

काठमाडौं, भदौ ६ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले सो कुरा बताउनुभएको हो ।

घिसिङले नेपाल प्रहरीको भूमिका सबै भन्दा प्रभावकारी रहने भएकाले सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारीरुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास पनि व्यक्त गर्नुभयो । मझदारी पत्रमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोमबार हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले चार्जिङ स्टेशन निर्माण र संचालनसम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिनु हुँदै आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरुमा चार्जिङ स्टेशन विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

विद्युत चोरी, विद्युतीय पोल चोरीलगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो ।

चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने घिसिङको भनाई थियो ।कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरुलाई सहजरुपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो ।

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर मणि ज्ञवालीले चार्जिङ स्टेशनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल विद्युत प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायव महानिरीक्षक र वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter