गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार

अमरराज नहर्की / तनहुँ, भदौ ८ गते । तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो ।

गाउँमै स्नातकोत्तर तहको पढाइ नहुँदा आर्थिक कठिनाइ भएका विद्यार्थीले अध्ययनलाई अगाडि बढाउन पाएका थिएनन् । अब त्यो व्यवस्था भएपछि विद्यार्थीमा खुसी छाएको क्याम्पस प्रमुख रविन्द्रराज जोशीले बताउनुभयो । ‘गाउँमै स्नातकोत्तर पढ्न पाउँदा अभिभावक र विद्यार्थीमा खुसी भएका छन्, क्याम्पस प्रमुख जोशीले भन्नुभयो, “दश वर्ष अघिदेखि गरिएको प्रयास सफल भएको छ ।”

पूर्व शिक्षामन्त्री गोविन्दराज जोशीको विशेष पहलमा सो सम्बन्धन प्राप्त भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो । तनहुँको भानु नगरपालिकाका अतिरिक्त लमजुङको तीन नगरपालका सुन्दरबजार, मध्यनेपाल, राईनाश, गोरखाको पालुङटार गरी पाँच वटा पालिकाका विद्यार्थीलाई अध्ययनमा सहज हुने क्याम्पसले जनाएको छ ।

भानु नगरपालिका क्षेत्रमै पहिलो पटक सो सम्बन्धन प्राप्त गर्दा गौरव महशुस भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । सहरमा बसेर अहिलेको महँगीअनुसारको खानपान, कोठा भाडा र मासिक शुल्कले मासिक १० हजारदेखि १५ हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएकाले खुसी छाएको नगर प्रमुख त्रिपाठीको भनाइ छ ।

‘न्यून आयस्तर भएका अभिभावकलाई सहरमा पढ्दा खर्च थेग्न मुस्किल थियो, आफ्नै सामिप्यमा छोराछोरीलाई पढाउन अभिभावकले पाउने भएका छन् । नगर प्रमुख त्रिपाठी शिक्षा सङ्काय बाहेक अन्य सङ्काय पनि सञ्चालनको लागि पहल भइरहेको छ । पढाइमा अब्बल भए पनि सहरमा गएर अध्ययन गर्न नसकेका विद्यार्थीलाई राम्रो अवसर प्राप्त भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो ।

सो क्याम्पसमा अहिले स्नातक तहमा दुई सय ८८ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक पास भएपछि थप अध्ययनका लागि सदरमुकाम दमौली, पोखरा, चितवन, काठमाडौं लगायतको स्थानमा जानुपर्ने बाध्यता हटेको क्याम्पस सञ्चालक समिति सदस्य रामकृष्ण ढकालले बताउनुभयो ।

क्याम्पसलाई सम्बन्धनपत्र पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले एक कार्यक्रमबीच प्रदान गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter